काठमाडौँ । काठमाडौँ उपत्यकालगायत सहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरभेटीले मनलाग्दी विद्युत् महसुल लिइएको विषयमा नेपाल विद्युत् प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, “प्राधिकरणसँग विद्युुत् लिएर मनलाग्दी तवरले व्यापार नगर्नूस्, जति महसुल उठेको हो, सोहीअनुसार मात्रै घर बहालमा बस्नेसँग महसुल लिनूस् ।” …