नीति तथा कार्यक्रम : सिँचाइका लागि विद्युत् महसुलमा छूट दिइने

काठमाडौँ । सरकारले कृषि क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ सिँचाइलाई प्रमुख प्राथमिकतामा राखेर विद्युत् महसुलमा छुट दिने कार्यक्रम अगाडि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सिँचाइका निम्ति विद्युत् आपूर्तिको सहज व्यवस्था मिलाई विद्युत् महसुलमा छूट दिने नीति अगाडि सारिएको छ…