काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई आर्थिकरूपमा स्वाधीन बनाउने सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनलाई सम्बोधन गर्दै उनले आमनागरिकको बहुआयामिक क्षेत्रको विकास गर्न सहकारी अभियानले पुर्याएको योगदानलाई नेपालको संविधानले आत्मसात् गरी अर्थतन्त्रको एक खम्बाको रूपमा…