मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारीमा अर्जुन चौधरी चयन

चितवन । चितवनको रत्ननगर–६ स्थित बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अर्जुन चौधरी चयन भएका छन् । चौधरी यसअघि दुई पटक उपाध्यक्ष रही काम गरिसकेका छन् । सोमबार चौधरीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा रोजनाथ पाठक, सचिवमा खगराज रिजाल, कोषाध्यक्षमा सरस्वती सापकोटा रिजाल चयन भएका छन्…