मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

शेयर बजारलाई प्रतिस्पर्धी र स्वस्थकर बनाउन जरुरी : अर्थमन्त्री डा महत

शेयर बजारलाई प्रतिस्पर्धी र स्वस्थकर बनाउन जरुरी : अर्थमन्त्री डा महत

हिमालय खबर

शेयर गर्नुहोस:

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजी बजारलाई थप स्वस्थ बनाउन आवश्यक रहेको बताएका छन् ।

‘विश्व लगानीकर्ता सप्ताह’ को सोमबार उद्घाटन गर्दै उनले लगानीकर्तालाई पुँजी बजारसम्बन्धी शिक्षा बढाउने र नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले नियामकीय भूमिका बढाउनु पर्नेमा जोड दिए ।

‘अहिले नियामकको केही माइक्रोम्यानेजमेन्टका कारण पनि बजार प्रभावित भएको देखिन्छ । यसबारे चाँडै कुनै निर्णय आउला भन्ने अपेक्षा गरेको छु’, अर्थमन्त्री महतले भने, ‘शेयर बजारलाई स्वस्थ बनाउन जरुरी छ । बेलाबेला भित्री कारोबार (इन्साइडर ट्रेडिङ) का कुरा पनि सुनिने गरेका छन् । यसलाई धितोपत्र बोर्डले निर्णायक हिसाबले नियमनको दायराभित्र ल्याउनुपर्छ ।’

उनले आम लगानीकर्ताको हित हुनेगरी नियामकीय भूमिका निर्वाह गर्न र पुँजी बजारबारे जानकारी तथा साक्षरता बढाउन पनि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जलगायत निकायलाई निर्देशन दिए । नयाँ धितोपत्र दलाल लाइसेन्स दिएपछि पुँजीबजार प्रतिस्पर्धी बन्दै गएको र एकाधिकारको अवस्था अन्त्य भएको उनको भनाइ छ । यसलाई थप प्रतिस्पर्धी बनाउन आवश्यक रहेको पनि अर्थमन्त्री महतले बताए ।

शेयर बजारबारे निकै कम व्यक्तिलाई मात्र जानकारी रहेको र यस क्षेत्रमा लगानी गरेर कसरी प्रतिफल लिने भन्नेबारे धेरैलाई जानकारी नभएकाले वित्तीय तथा पुँजी बजारसम्बन्धी साक्षरता बढाउन आवश्यक रहेको उनको भनाइ छ । शेयर बजारको उतारचढावका बेला निश्चित व्यक्तिले नाफा लिने र सर्वसाधारणले गुमाउने भएकाले पुँजीबजारको कारोबारबारे सर्वसाधारणलाई बढी जानकारी दिनुपर्ने आवश्यकता उनले औँल्याए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपालमा वित्तीय साक्षारता निकै कम रहेको बताए । ‘नेपालमा वित्तीय साक्षारता २० प्रतिशतभन्दा कम छ । जुन क्षेत्रीयरुपमै न्यून हो । यसलाई बढाउनका लागि सबै निकाय र पक्षले भूमिका खेल्न जरुरी छ’, उनले भने, ‘लगानीका नयाँनयाँ औजार विकास भएका छन् भने सूचना प्रविधि क्षेत्रको क्रान्तिले नयाँ अवससँगै चुनौती पनि आएको छ । त्यसमा हामीले आफूलाई पनि तयार राख्नुपर्छ ।’

धितोपत्र बोर्डले आजदेखि लगानीकर्ता शिक्षा र गुनासो सुनुवाइका लागि आर्टिफिसियल इन्टेलिजेन्स मा आधारित च्याटबट सञ्चालनमा ल्याएको छ । लगानी सप्ताहका रुपमा एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाउने योजना रहेको छ ।