मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

अर्थतन्त्र सुधार गर्न सरकार कुनै कसर बाँकी राख्दैन : अर्थमन्त्री महत

अर्थतन्त्र सुधार गर्न सरकार कुनै कसर बाँकी राख्दैन : अर्थमन्त्री महत

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधार गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ मा ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सञ्जीवनी वाटिकाका नवनिर्मित भवनको उद्घाटन तथा ज्येष्ठ नागरिकहरूको सम्मान कार्यक्रममा उनले देशमा उत्पन्न हरेक आर्थिक सङ्कटलाई हल गर्ने गरी काम अगाडि बढाइरहेको जानकारी दिए ।

नाकाहरूलाई व्यवस्थित गर्न बन्द उद्योगहरूलाई सञ्चालनमा ल्याउने, उद्योग व्यापारलाई वृद्धि गर्न, उत्पादन बढाउन, राजस्व चुहावटलाई रोक्न, शेयर बजारलगायतका कामहरू सरकारले तदारुकताका साथ अगाडि बढाइरहेको भन्दै अर्थमन्त्री महतले देशको अर्थतन्त्र लयमा आएको बताए ।

अहिले केही व्यक्ति विशेषले नेपालमा अर्थतन्त्र खस्केको भन्ने भ्रामक प्रचारबाजी गरी विदेशीहरूलाई नेपालमा लगानी गर्न नदिनेसम्मको भ्रम छर्ने गरेको भन्दै उनले उनीहरूले भनेजस्तो नेपालको अर्थतन्त्र कमजोर नरहेको र पहिलाभन्दा अहिले धेरै सुधार भएको बताए । कोभिडको बेलाको कुरा गरेर अहिले भ्रम छर्नु गलत रहेको भन्दै त्यस्ता अफवाहको पछाडि नलाग्न सबैलाई मन्त्री महतले आग्रहसमेत गरे ।

फरक प्रसङ्गमा मन्त्री महतले बारामा द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो निर्माणका लागि सरकार लागिरहेको बताए । सरकारले सुक्खा बन्दरगाहमा परेको जग्गाको मुआब्जा चाँडै दिने भन्दै उनले त्यसका लागि अब भन्सार बन्द गरेर आन्दोलन गर्ने दिनको अन्त्य गर्नुपर्ने सुझाव दिए ।

तामागढी, सिम्रौनगढ सडकखण्डमा परेको जग्गाको मुअब्जा पनि सरकारले चाँडै वितरण गर्ने मन्त्री महतले जानकारी दिए । जिल्लामा नागरिकहरूलाई भारततर्फ जान र भारतबाट नेपाल आउनका लागि भोग्नुपर्ने समस्याको समाधानका लागि चाँडै नै आवश्यकता हेरी जिल्लामा भन्सारको व्यवस्था गर्ने मन्त्री महतले स्पष्ट गरे ।

देशबाट पलायन हुने युवाहरूलाई देशमा नै रोजगारीको सृजना गर्ने बताउँदै मन्त्री महतले नेपालमा आर्थिक रूपान्तरणको ठूलो सम्भवना रहेको जानकारी दिए । व्यापार, उद्योग दर्ता गर्नका लागि सरकारले शुल्क नलिने पनि मन्त्री महतले उल्लेख गरे ।