राज्यव्यवस्था समितिमा एनसेल खरिद बिक्रीसम्बन्धी विषय प्रवेश

काठमाडौँ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा प्रवेश भएको छ। सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले यसबारे अध्ययन गरिरहेको भए पनि राज्यव्यवस्था तथा सुशासन समितिमा उक्त विषय प्रवेश भएको हो। समितिको आजको बैठकमा सदस्यले एनसेल बिक्रीका सम्बन्धमा अहिलेसम्मको यथार्थताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जानकारी लिनुपर्ने बताए।…