ललितपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजी बजारलाई थप स्वस्थ बनाउन आवश्यक रहेको बताएका छन् । ‘विश्व लगानीकर्ता सप्ताह’ को सोमबार उद्घाटन गर्दै उनले लगानीकर्तालाई पुँजी बजारसम्बन्धी शिक्षा बढाउने र नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले नियामकीय भूमिका बढाउनु पर्नेमा जोड दिए । ‘अहिले नियामकको केही माइक्रोम्यानेजमेन्टका कारण पनि बजार प्रभावित भएको देखिन्छ ।…