भरतपुर । अलपत्र परेको गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको बाटो खुला भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रङ्गशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएको छ । भरतपुर महानगरपालिकालाई रङ्गशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरिएको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । महानगरसँग प्रदेश सरकारले…