मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्छौँ : मुख्यमन्त्री पाण्डे

कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्छौँ : मुख्यमन्त्री पाण्डे

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै पञ्चवर्षीय योजनामा समेटिने बताएका छन् ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगले तनहुँको बन्दीपुर गाउँपालिका–५ मा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनासम्बन्धी अन्तरक्रियामा मुख्यमन्त्री पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै समेट्न सके त्यो प्रभावकारी हुने उल्लेख गरे ।

मुख्यमन्त्री पाण्डेले गाउँबाट सहरतर्फ बसाइँसराइको क्रम बढेकाले गाउँबाट हुने जनशक्ति पलायन रोक्ने नीति पहिलो प्राथमिकतामा रहने बताए । उनले शिक्षा, स्वास्थ्य, रोजगारीलाई पनि प्राथमिकताका साथ पञ्चवर्षीय योजनामा समेट्ने उल्लेख गरे ।

सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले समग्र गण्डकी प्रदेशको हित हुनेगरि योजना बनाइने दाबी गरे ।

त्यस अवसरमा तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्ले, निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा शंकर भण्डारी, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, सुरेश आलेमगर, तनहुँ क्षेत्र नं १ प्रदेशसभा ९१० का सदस्य अशोककुमार श्रेष्ठ, तनहुँ क्षेत्र नं १ प्रदेशसभा ९२० का सदस्य हरिबहादुर चुमान, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पञ्चवर्षीय योजनामा समेट्नुपर्ने विविध विषयमा सुझाव दिएका थिए ।

आत्मनिर्भर र समुन्नत प्रदेश सम्मानित प्रदेशवासी भन्ने सोच र उत्पादकत्व वृद्धि, सामाजिक न्याय र समुन्नति हासिल गर्ने लक्ष्यका साथ दोस्रो पञ्चवर्षीय योजना बनाउन लागिएको र त्यसमा सुझाव लिन अन्तरक्रिया गरिएको आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताए ।

पञ्चवर्षीय योजनाको अवधारणापत्र तयार भएको र त्यसमा प्रदेशको अर्थतन्त्रको सुदृढीकरण, वित्तीय स्रोत पहिचान र व्यवस्थापन, सामाजिक सुरक्षा, समावेशीकरण, श्रम रोजगारी, उत्पादन तथा गरिबी न्यूनीकरणलगायत क्षेत्र समेटिएको उनले जानकारी दिए ।