मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

क्रिकेट रङ्गशाला निर्माणको बाटो खुल्यो, संघीय सरकारको पनि सहमति

क्रिकेट रङ्गशाला निर्माणको बाटो खुल्यो, संघीय सरकारको पनि सहमति

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । अलपत्र परेको गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको बाटो खुला भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रङ्गशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएको छ ।

भरतपुर महानगरपालिकालाई रङ्गशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरिएको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्नेगरी सहमति भइसकेको थियो । तर, भरतपुर महानगरपालिकाले तयार गरेको लागत अनुमानअनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले लागत अनुमान (इस्टिमेट) बनाउँदा एक अर्ब रुपैयाँ लाग्ने देखिएकोले यसअघिको सहमतिअनुसार बजेट सुनिश्चितता गर्न प्रदेश सरकारलाई प्रस्ताव पठाइएको बताइन् । पहिलो चरणमा खेल मैदान र प्याराफिटलगायतका काम सकेर खेल खेल्न मिल्ने बनाइने उनले जानकारी दिइन् ।

‘लागत तयार गर्दा पहिलो चरणमा एक अर्ब रुपैयाँको काम गर्नैपर्ने देखिएकाले ७० करोड रुपैयाँ प्रदेश सरकारलाई व्यवस्था गर्न भनेका छौँ । ३० करोड रुपैयाँ हामी व्यहोर्छाैं’, उनले भनिन् ।

चन्दा उठाएर अनुमान निर्माण सुरू गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले १९ करोड रुपैयाँ ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि रङ्गशाला अलपत्र छ ।

अब ठेक्का आह्वान गरेर निर्माणको काम अघि बढाउने बाटो खुलेको छ । नेपाल सरकारले गौतमबुद्ध क्रिकेट रङ्गशालासहित तीनवटा क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।