काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले पुर्याउँदै आएको योगदान सराहनीय रहेको बताएका छन् । संस्थानको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले मुलुकको स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति तयार गर्न सहयोग पुर्याउने उद्देश्यका साथ संस्थानको स्थापना गरिएको उल्लेख गरे । प्रधानसेनापति शर्माले संस्थानले विद्यमान कानुनको परिधिभित्र…