मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

चिकित्सा जनशक्ति उत्पादनमा स्वास्थ्य विज्ञान संस्थानको योगदान सराहनीय : प्रधानसेनापति

चिकित्सा जनशक्ति उत्पादनमा स्वास्थ्य विज्ञान संस्थानको योगदान सराहनीय : प्रधानसेनापति

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले पुर्‍याउँदै आएको योगदान सराहनीय रहेको बताएका छन् ।

संस्थानको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले मुलुकको स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति तयार गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ संस्थानको स्थापना गरिएको उल्लेख गरे ।

प्रधानसेनापति शर्माले संस्थानले विद्यमान कानुनको परिधिभित्र रहेर दक्ष एवं उत्कृष्ट व्यावसायिक चिकित्सक र चिकित्सा क्षेत्रसँग सम्बन्धित जनशक्ति उत्पादन गर्दै आएको बताए । उनले चिकित्सा शिक्षा र जनशक्तिको राष्ट्रिय आवश्यकता पूरा गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले आफ्नो गरिमा र गुणस्तर कायम राख्नुपर्ने बताए । संस्थानले पछिल्लो युगमा विकास भएका प्रविधिसँगै गुणस्तर कायम गर्दै सहकार्य गर्न सकोस् भनी उनले कामना गरे । प्रधानसेनापति शर्माले संस्थानलाई बजेट तथा जनशक्तिको कुनै कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गरे ।

स्थापनाकालदेखि नै चिकित्सक उत्पादन गर्ने अग्रणी संस्थाका रुपमा संस्थानलाई विकास गर्न परोक्ष र प्रत्यक्षरुपमा संलग्न सैनिक कमाण्डर र प्राध्यापकले दिएको योगादनको प्रधानसेनापति शर्माले उच्च कदर गरे । चिकित्सा क्षेत्रमा विकास भएका नवीनतम् प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

“नेपाली सेनाले सानै भए पनि १३ मुलुकमा शान्ति स्थापनार्थ खटिएका शान्ति सैनिकलाई नेपालमा रहेका विशेषज्ञ चिकित्सकले उपचार र सुझाव दिन ‘युएन कन्फरेन्स’ कक्षको स्थापना गरेका छौँ”, उनले भने, “यो संयुक्त राष्ट्रसङ्घका अनुसार दक्षिण एसियामा नै पहिलो हो, यसका लागि संस्थानले पुर्‍याएको योगदानका लागि धन्यवाद दिन चाहन्छु ।”

अबको विश्व प्राविधिकरुपमा युक्त हुँदै गइरहेको उल्लेख गर्दै प्रधानसेनापति शर्माले चिकित्सा क्षेत्रमा विकास भइरहेका प्रविधिको समुचित प्रयोग गर्न आग्रह गरे । कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स तथा टेलिमेडिसिनको प्रयोगबाट चिकित्सा क्षेत्रमा ठूलो सफलता मिलेको उल्लेख गर्दै उनले चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले प्रविधिको प्रयोगमा आफूलाई अब्बल बनाउनु आवश्यक भएको बताए ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले छोटो अवधिमा संस्थानले चिकित्सा क्षेत्रमा धेरै प्रगति गरी ठूलो गरिमा हासिल गरेको बताए । उनले सैनिक तथा गैरसैनिक परिवारका सन्ततिलाई छात्रवृत्तिमा गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्न संस्थानले महत्वपूर्ण भूमिका खेलेको बताए ।

संस्थानका कार्यकारी निर्देशक देवेन्द्रबहादुर खत्रीले सैनिक कल्याणकारी योजनाअन्तर्गत सञ्चालित संस्थानले चिकित्सा जनशक्ति उत्पादन गर्न विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए । उनले हाल विभिन्न तहमा एक हजार एक सय ९० विद्यार्थी विभिन्न विधामा अध्ययनरत रहेका जानकारी दिए ।

कार्यक्रममा प्रधानसेनापति शर्माले विभिन्न विधामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई मेडल र पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा चिकित्सा क्षेत्र अध्ययनरत विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रमका साथै जनचेतनामूलक नाटक प्रस्तुत गरेका थिए ।