चितवन । पछिल्लो समय नेपाल नेत्रज्योति संघ चितवनले आफ्नो सञ्जाल सहरदेखि ग्रामीणतहसम्म विस्तार गरेको छ । चितवनको भरतपुरमा संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले छिमेकी जिल्लाहरुमा समेत आँखा उपचारकेन्द्र सञ्चालनमा ल्याएको छ । भरतपुर आँखा अस्पतालबाहेक अन्य दुई सेकेन्डरी अस्पताल, एउटा सिटी क्लनिक र १८ आँखा उपचारकेन्द्र संघद्वारा सञ्चालित छ । भरतपुर अस्पतालले चितवनका सातै पालिकामा…