एनआरएनए अमेरिका विवाद : दुई दिनमा तीनथरीको विज्ञप्ति

हिमालयखबर संवाददाता अमेरिका - विवादै विवादमा रहेको गैरआवासीय नेपाली संघ एनसीसी अमेरिका (एनआरएनए अमेरिका)मा दुई दिनयता तीनवटा विज्ञप्ति आए । एनआरएनएको काठमाडौँ सम्मेलनमा भाग लिन जाने प्रतिनिधिको छनौटको विषयलाई लिएर भएको विवादमा तीनथरी विज्ञप्ति आएका हुन् ।   बिहीबार साँझ एनआरएनए अमेरिकाको कार्यसमितिका बहुमत सदस्यले एनआरएनए एनसीसी अमेरिका बहुमत पदाधिकारीद्धारा आईसीसी डेलिगेशन छनौट समितिको नामावली…