काठमाडौं– नेपाल चिकित्सक संघले छैटौं पटक आमरण अनसन बसेका डा. गोविन्द केसीको माग पूरा गर्न माग गरेको छ । ‘प्रा. डा. के.सी. ले उठाएका जायज मागहरुको यथासिघ्र सम्बोधन गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ प्रेस विज्ञप्तीमा भनिएको छ । डा. केसी सोमबारदेखी ८ सुत्रीय माग राखी आमरण अनसनमा छन् ।