न्यूयोर्क । अमेरिकी एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत सम्पत्तिमा कपटपूर्ण तरिकाले बढी जरिवाना लगाएको भनी गरेको अपिलमाथि सुनुवाई गर्दै यसअघि उनीमाथि लगाएको ४६ करोड ४० लाख अमेरिकी डलरको नागरिक दण्ड सजाय उल्टाइदिएको छ । न्यायाधीश आर्थर एन्गोरोनले सन् २०२४ फेब्रुअरीमा ट्रम्पविरुद्ध फैसला सुनाउँदै ट्रम्पलाई ब्याजसहित ४६ करोड ४० लाख अमेरिकी डलर तिर्न आदेश…