मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्य संसद्ले बाल्टिमोरमा संस्थापित नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका लागि तीन लाख डलरको विधायिकी बण्ड पारित गरेको छ। बुधबार संसद्को तल्लो सदन हाउस अफ एसेम्बलीमा १२९.४ को भारी बहुमतले विधेयक पारित भएको हो । यसअघि नै संसद्को माथिल्लो सदन सिनेटमा सर्वसम्मतिले पारित भएको यो बजेट विधेयक स्वतः कानुन बनेको छ। …