मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

युलेसमा तीनसय नयाँ घर बनाउन सिटीबाट स्विकृती

युलेसमा तीनसय नयाँ घर बनाउन सिटीबाट स्विकृती

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 
ड्यालस (अमेरिका)। बसोबासका लागि नेपालीहरुले रुचाउँदै आएको टेक्ससको युलेस सिटीमा झण्डै साँढे तीनसय नयाँ घर निर्माण प्रकृया अघि बढेको छ । यो प्रकृया अघि बढाउन हालैमात्र युलेस सिटी काउन्सिलले स्विकृती दिएको छ । 
 
युलेसको जीप कोड ७६०३९ मा पर्ने हाइवे ३६० र १८३ को कर्नरमा रहेको ६३ एकड (लगभग ५०० रोपनी) जग्गामा नयाँ घर बनाउन सिटीले स्विकृती दिएको हो । सिटी काउन्सिल सदस्य एवं नेपाली समुदायका अगुवा टीका पौडेलका अनुसार सेन्चुरिएन अमेरिकन बिल्डर्सले भिल्ला, रो हाउस, टाउन हाउस गरि जम्मा ७ सय ६२ वटा युनिट रहनेछन् । 

 
उक्त स्थानमा ५८ वटा भिल्ला, ८४ वटा रो हाउस, २५ बाइ ९५ साइजको टाउनहाउस ७८वटा र २२ बाइ ९५ साइजको टाउन हाउस एकसय २३ वटा निर्माण हुनेछ । नेपाली समुदायका अधिकांश सदस्यहरु युलेस सिटीमै घर किनेर बस्न चाहन्छन् । नयाँ घर निर्माण प्रकृया अघि बढेसँगै नेपालीहरुले निकै चासो देखाएका छन् । 
 
यो ठाउँमा स्विमिंग पुल, कम्युनिटी सेन्टर, प्रयाप्त पार्किंग लगायतका सुविधाहरु समेत हुनेछन् । दुई हाइवेसँग जोडिएको हुँदा र ड्यालस तथा फोर्टवर्थको बीचमा परेकोले धेरैले चासो दिइरहेका छन् । युलेसमा नयाँ घरको निर्माण नहुँदा धेरै मानिसहरु नजिकैको आर्लिंगटन, फोर्टवर्थदेखि लिएर सागिनासम्म पुगेर घर किनिरहेका छन् । 
 
डिएफडब्लु इन्टरनेसन एअरपोर्टसँगै जोडिएको युलेस सिटी नेपालीको केन्द्र बनेको छ । यही सिटीमा पशुपतिनाट मन्दिर तथा बौद्ध स्तुपाको निर्माण पनि धमाधम अघि बढिरहेको छ । आउँदो दशैंसम्म अर्भिंगको मन्दिर युलेस सार्ने योजनाका साथ काम भैरहेको छ ।

Read more here in English https://himalayakhabar.com/detail/1741810022582387.html