अमेरिका समाचार

युलेसमा तीनसय नयाँ घर बनाउन सिटीबाट स्विकृती

युलेसमा तीनसय नयाँ घर बनाउन सिटीबाट स्विकृती


शेयर गर्नुहोस:

26.1k
Shares

  • change font
  • change font
  • change font

 
ड्यालस (अमेरिका)। बसोबासका लागि नेपालीहरुले रुचाउँदै आएको टेक्ससको युलेस सिटीमा झण्डै साँढे तीनसय नयाँ घर निर्माण प्रकृया अघि बढेको छ । यो प्रकृया अघि बढाउन हालैमात्र युलेस सिटी काउन्सिलले स्विकृती दिएको छ । 
 
युलेसको जीप कोड ७६०३९ मा पर्ने हाइवे ३६० र १८३ को कर्नरमा रहेको ६३ एकड (लगभग ५०० रोपनी) जग्गामा नयाँ घर बनाउन सिटीले स्विकृती दिएको हो । सिटी काउन्सिल सदस्य एवं नेपाली समुदायका अगुवा टीका पौडेलका अनुसार सेन्चुरिएन अमेरिकन बिल्डर्सले भिल्ला, रो हाउस, टाउन हाउस गरि जम्मा ७ सय ६२ वटा युनिट रहनेछन् । 

Advertisement
 
उक्त स्थानमा ५८ वटा भिल्ला, ८४ वटा रो हाउस, २५ बाइ ९५ साइजको टाउनहाउस ७८वटा र २२ बाइ ९५ साइजको टाउन हाउस एकसय २३ वटा निर्माण हुनेछ । नेपाली समुदायका अधिकांश सदस्यहरु युलेस सिटीमै घर किनेर बस्न चाहन्छन् । नयाँ घर निर्माण प्रकृया अघि बढेसँगै नेपालीहरुले निकै चासो देखाएका छन् । 
 
यो ठाउँमा स्विमिंग पुल, कम्युनिटी सेन्टर, प्रयाप्त पार्किंग लगायतका सुविधाहरु समेत हुनेछन् । दुई हाइवेसँग जोडिएको हुँदा र ड्यालस तथा फोर्टवर्थको बीचमा परेकोले धेरैले चासो दिइरहेका छन् । युलेसमा नयाँ घरको निर्माण नहुँदा धेरै मानिसहरु नजिकैको आर्लिंगटन, फोर्टवर्थदेखि लिएर सागिनासम्म पुगेर घर किनिरहेका छन् । 
 
डिएफडब्लु इन्टरनेसन एअरपोर्टसँगै जोडिएको युलेस सिटी नेपालीको केन्द्र बनेको छ । यही सिटीमा पशुपतिनाट मन्दिर तथा बौद्ध स्तुपाको निर्माण पनि धमाधम अघि बढिरहेको छ । आउँदो दशैंसम्म अर्भिंगको मन्दिर युलेस सार्ने योजनाका साथ काम भैरहेको छ ।

Read more here in English https://himalayakhabar.com/detail/1741810022582387.html

शेयर गर्नुहोस:

26.1k
Shares