मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

कोरोना संक्रमणबाट एकै दिन आठ जनाको मृत्यु

कोरोना संक्रमणबाट एकै दिन आठ जनाको मृत्यु


काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज एकै दिन आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घन्टामा तीन महिला र पाँच जना पुरुषको सङ्क्रमणको कारणबाट मृत्यु भएको जानकारी दिए । 
 
उनका अनसार सङक्रमणबाट मृत्यु हुनेमा सुनसरीका ६५ वर्षका एक पुरुष, मोरङका ६५ वर्षका एक पुरुष, काठमाडौँका ४८ वर्षका  एक महिला, रुपन्देहीका ६७ वर्षका एक महिला र रुपेन्देहीकै ३८, ५३, ५४ वर्षका तीन पुरुष र पर्साका ७० वर्षका एक महिला रहेका छन् ।  
 
हालसम्म कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ। जसमा ११७ पुरुष र ४० महिला रहेका छन् । 

शेयर गर्नुहोस:

0
Shares