मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप ८१८ जनामा कोरोना पुष्टि, एकै दिन तीन सहित १४९ को मृत्यु

नेपालमा थप ८१८ जनामा कोरोना पुष्टि, एकै दिन तीन सहित १४९ को मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४० वटा प्रयोगशालामा गरिएको ८ हजार २६ जनाको पिसिआर परीक्षणका क्रममा ८१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । जसमा १३ हजार १५५ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
 
मन्त्रालयका अनुसार मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । मुस्ताङ, म्याग्दी र हुम्ला गरी पाँच जिल्लामा संक्रमितको संख्या शून्य छ ।
 
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा झापाका ५८ वर्षीय एक पुरुष, पर्साको एक ५६ वर्षीया महिला र सर्लाहीको एक ३३ वर्षीया महिला रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४९ जना पुगेको छ । जसमा ११४ पुरुष र ३७ महिला रहेका छन् ।
 
काठमाडौँ उपत्यकामा थप १६६ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँका १२६, लतिपुरका १२ र  भक्तपुरका २८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या ३२२८ पुगेको छ ।
 
प्रवक्ता डा गौतमका अनुसार हालसम्म छ लाख ४ हजार ४४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ११ हजार ४१४ जना देशभरका क्वारेन्टाइनमा र १३ हजार १५५ जना आइसोलेसनमा रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा नौ हजार २१२ जना रहेका छन् भने होम आइसोलेसनमा ३९४३ जना छन् । आइसियूमा उपचाररत १३७ जना छन् । बाग्मती प्रदेशका १० जना भेन्टिलेटरमा छन् ।
 
त्यस्तै, आइतबार एकै दिन कोरोना संक्रमण निको भई २८१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । जुन ५८ प्रतिशत हो ।