मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा २१० सहित १९ हजार २७३ जनामा कोरोना पुष्टि, १४ हजार बढी डिस्चार्ज

नेपालमा २१० सहित १९ हजार २७३ जनामा कोरोना पुष्टि, १४ हजार बढी डिस्चार्ज


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २१० जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा २१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । जसमा ५२०३ जना संक्रमित उपचाररत छन् ।
 
मन्त्रालयका अनुसार रौतहट र कैलालीमा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

बुधबार डोटीमा ५२ सङ्क्रमित फेला परेका छन् । त्यस्तै पर्सामा ३४, स्याङ्जामा २६, महोत्तरी र काठमाडौँमा १४/१४, धनुषामा १२, मोरङ, कैलाली र कञ्चनपुरमा आठ/आठ, धादिङ र बागलुङमा सातरसात, म्याग्दी, सप्तरी कपिलवस्तु र बैतडीमा दुई/दुई तथा सुनसरी, सर्लाही, भक्तपुर, रौतहट, तनहुँ र सुर्खेतमा एक/एक सङ्क्रमित थपिएका छन् । 
 
प्रदेश नं १ मा २२६, प्रदेश नं २ मा एक हजार ९८२, वाग्मती प्रदेशमा ४८३, गण्डकी प्रदेशमा २८८, प्रदेश नं ५ मा ४०१, कर्णाली प्रदेशमा ३०२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ५२१ सक्रिय सङ्क्रमित छन् । 
 
प्रदेश नं १ मा ७८९, प्रदेश नं २ मा तीन हजार १८, वाग्मती प्रदेशमा ५१८, गण्डकी प्रदेशमा एक हजार २२७, प्रदेश ५ मा तीन हजार ९१०, कर्णाली प्रदेशमा एक हजार ६८६ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ८७३ जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन् । 
 
प्रवक्ता डा गौतमका अनुसार हालसम्म ३ लाख ५८ हजार ३४४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
 
उनका अनुसार हाल १४ हजार ४७१ जना देशभरका क्वारेन्टाइनमा र ५२०३ जना आइसोलेसनमा रहेका छन् ।
 
त्यस्तै बुधबार एकै दिन कोरोना संक्रमण निको भई १४६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २१ पुगेको छ । जुन कुल संक्रमितको ७२।७ प्रतिशत हो । हालसम्म काठमाडौँ उपत्यकाभित्र ४६४ जनामा कोरोना संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।