मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा थपिए १३० संक्रमित, ७५ जना निको भई फर्किए

नेपालमा थपिए १३० संक्रमित, ७५ जना निको भई फर्किए


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १३० जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । जसमा ५४४० जना संक्रमित उपचाररत छन् । 
 
मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । 
 
प्रवक्ता डा गौतमका अनुसार हालसम्म ३ लाख ४२ हजार ४५७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । 
 
उनका अनुसार हाल १७ हजार ९०३ जना क्वारेन्टाइनमा र ५४४० जना आइसोलेसनमा रहेका छन् ।
 
त्यस्तै कोरोना संक्रमण निको भई ७५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार २२८ पुगेको छ । हालसम्म काठमाडौँ उपत्यकाभित्र ३९५ जनामा कोरोना संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।
 

Advertisement

शेयर गर्नुहोस:

0
Shares