मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा थपिए १४७ संक्रमित, १५६ जना निको भई फर्किए

नेपालमा थपिए १४७ संक्रमित, १५६ जना निको भई फर्किए


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १४७ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको ३४८१ जनाको पिसिआर परीक्षणका क्रममा १४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   

बिहीबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । जसमा ५३५८ जना संक्रमित उपचाररत छन् । 
 
मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ । 
 
गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये एकै दिन १५६ जना कोरोनामुक्त भई घर फर्किएका छन् । 
 
हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या १२ हजार ८४० पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ७०.३९ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।  
 
नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । प्रवक्ता गौतमका अनुसार नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । 
 
श्वासप्रश्वासमा कठिनाइ आएपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा यही साउन ७ गते निधन भएको मन्त्रालयले जनाएको छ । 
प्रवक्ता डा गौतमका अनुसार हालसम्म ३ लाख ३१ हजार ९५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । 
 
उनका अनुसार हाल २० हजार ९८ जना क्वारेन्टाइनमा र ५३५८ जना आइसोलेसनमा रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाभित्र ३८७ जनामा कोरोना संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।

Advertisement

शेयर गर्नुहोस:

0
Shares