मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

थप १५० जनामा कोरोना संक्रमण, एकैदिन ६०९ जना घर फर्किए

थप १५० जनामा कोरोना संक्रमण, एकैदिन ६०९ जना घर फर्किए


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १५० जनामा कोरोना भाइरस देखिएको छ । विभिन्न २७ प्रयोगशालामा गरिएको ३९६३ नमुना परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ९९४ पुगेको छ ।
 
मंगलबार सबैभन्दा बढी धनुषामा २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा नौ सङ्क्रमित थपिएका छन् । यस्तै, कञ्चनपुरमा २०, महोत्तरीमा १४, दैलेखमा १०, काठमाडौँ र उदयपुरमा आठ/आठ, चितवन र मकवानपुरमा पाँच÷पाँच, बझाङ र डोटीमा चार÷चार, मोरङ, गोरखा, म्याग्दी, स्याङ्जा, बागलुङ, बाँके, सर्लाही, दाङ र कैलालीमा तीन÷तीनजना सङ्क्रमित थपिएका छन् ।
 
यस्तै झापा, इलाम, पर्सा, रामेछाप र सल्यानमा दुई/दुई तथा सप्तरी, काभ्रेपलाञ्चोक, कैलाली, नुवाकोट, ललितपुर, नवलपरासीमा एक÷एक सङ्क्रमित थपिएका छन् । हालसम्म तीन लाख २३ हजार ८३५ नमुना पिसिआर विधिबाट परीक्षण गरिएको छ । क्वारेन्टाइनमा २१ हजार ७०४ र आइसोलेसनमा ५४७७ जना रहेका छन् ।
 
पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमण मुक्त भएर ६०९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म १२ हजार ४७७ जना कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् । जुन कुल सङ्क्रमितको ६९.३४ प्रतिशत हो । अहिले पनि मुलुकका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा पाँच हजार ४७७ जना सक्रिय सङ्क्रमितको उपचार भइरहेको उनले जानकारी दिए । प्रदेश नं २ को रौतहट तथा सुदूरपश्चिम प्रदेशको कैलाली र बाजुरामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।
 
सात जिल्ला कोरोनाको सक्रिय सङ्क्रमित मुक्त भएका छन् । प्रदेश नं १ को भोजपुर, पाँचथर, धनकुटा र सङ्खुवासभा, वाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाको सक्रिय सङ्क्रमित छैनन् । राजधानी काठमाडौँमा हालसम्म ३५९ जनामा संक्रमण पुष्टि भएको छ । 

शेयर गर्नुहोस:

0
Shares