मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

भारतमा एकैदिन ४० हजार बढी संक्रमित, एकैदिन ६८१ को मृत्यु

भारतमा एकैदिन ४० हजार बढी संक्रमित, एकैदिन ६८१ को मृत्यु


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा एकैदिनमा ४० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । 
 
सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ४० हजार ४२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्यामध्ये सबैभन्दा उच्च हो । 
 
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ६८१ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ ।
 
त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २७ हजार ८२८ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
 
योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख २७ हजार २८१ पुगेको अधिकारीहरुले जनाएका छन् । 
 
भारतमा अहिले पनि ३ लाख ९२ हजार १३० जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ७ हजार ५२३ जना संक्रमणमुक्त भएका छन् ।
 
कोरोनाबाट भारतमा सबैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख १५ हजार ४५५ जना संक्रमित भएका छन् । त्यसपछि तमिलनाडु र दिल्ली प्रदेशमा कोरोना भाइरस संक्रमणको दोस्रो र तेस्रो स्थानमा रहेको छ । एएनआई 

शेयर गर्नुहोस:

0
Shares