मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

थप १८६ सहित कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुग्यो

थप १८६ सहित कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुग्यो


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १८६ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २७ वटा प्रयोगशालामा गरिएको ४३०२ जनाको पिसिआर परीक्षणका क्रममा १८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  
 
सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसाार यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । जसमा ५९३६ जना संक्रमित उपचाररत छन् । 
 
मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी आठ जिल्लामा संक्रमितको संख्या शून्य छ । 
 
गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये एकैदिन १७३ जना कोरोनामुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या ११ हजार ८६८ पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ६६.५१ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।  
 
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ४० जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार हालसम्म ३ लाख १९ हजार ८७२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । 
 
उनका अनुसार हाल २२ हजार २२८ जना क्वारेन्टाइनमा र ५९३६ जना आइसोलेसनमा रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाभित्र ३५० कोरोना संक्रमित देखिएका मन्त्रालयले जनाएको छ ।
 

शेयर गर्नुहोस:

0
Shares