मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्र्याक्टर दुर्घटनामा सात जनाको मृत्यु

ट्र्याक्टर दुर्घटनामा सात जनाको मृत्यु


प्युठान । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा शनिबार राति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो ।
 
स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । 
 
प्रहरी निरीक्षक पौडेलले ट्र्याक्टरमा आठ सवारमध्ये एक जना बाँचेको उल्लेख गर्दै सात जनाको मृत्यु भएको जानकारी दिए । ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।
 
उनका अनुसार मृत्यु हुनेहरुमा भिग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका–५ बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, २५ वर्षीय कविराम बस्नेत र गोबद्र्धन बुढामगर रहेका छन् । 
 
ट्र्याक्टर दुर्घटनामा परी चालक त्रिवेणी गाउँपालिकाका रोल्पाका २५ वर्षीय कमल कुँवरको पनि मृत्यु भएको उनले बताए । 
 
साउने सङ्क्रान्ति मानेर स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना भएको थियो । ट्र्याक्टरमा आठ जना सवारमध्ये एक ट्र्याक्टरबाट हामफलेर बाँच्न सफल भएका छन् । रासस