मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

थप ५७ सहित संक्रमितको संख्या १७ हजार ५०२ पुग्यो

थप ५७ सहित संक्रमितको संख्या १७ हजार ५०२ पुग्यो


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २७ वटा प्रयोगशालामा गरिएको ३३३१ जनाको पिसिआर परीक्षणका क्रममा १०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 
शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसाार यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । जसमा ५८२५ जना संक्रमित उपचाररत छन् । 
 
मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । मनाङ, मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ । गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये एकैदिन १०३ जना कोरोनामुक्त भई घर फर्किएका छन् ।
 
हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या ११ हजार ६३७ पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ६६.१२ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।  
 
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ४० जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार हालसम्म ३ लाख ११ हजार ८२९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । 
 
उनका अनुसार हाल २३ हजार २७५ जना क्वारेन्टाइनमा र ५८२५ जना आइसोलेसनमा रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाभित्र ३५० कोरोना संक्रमित देखिएका मन्त्रालयले जनाएको छ ।

शेयर गर्नुहोस:

0
Shares