मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शुक्रबार थप १०१ संक्रमित थपिए, कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

शुक्रबार थप १०१ संक्रमित थपिए, कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १०१ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २७ वटा प्रयोगशालामा गरिएको ४६८८ जनाको पिसिआर परीक्षणका क्रममा १०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 
शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसाार यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । जसमा ६०५६ जना संक्रमित उपचाररत छन् । 
 
मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । मनाङ, मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ । गत चौबिसघन्टामा विभिन्न अस्पतालमा उपचार गराएकामध्ये एकैदिन २८५ जना कोरोनामुक्त भई घर फर्किएका छन् ।
 
हालसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या ११ हजार ५३४ पुगेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमितमध्ये ६६.१२ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।  
 
प्रदेशअन्तर्गत कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा ८१५, प्रदेश नं २ मा ४४८०, बागमती प्रदेशमा ८५१, गण्डकी प्रदेशमा १३५७, प्रदेश नं ५ मा ४१३५, कर्णाली प्रदेशमा १८०४ र सुदूरपश्चिम प्रदेशमा ४००३ जना रहेका छन् । 
 
जसमा हालसम्म कोरोनाको उपचारपछि निको भएर घर फर्किएकामध्ये प्रदेश नं १ मा ७४४, प्रदेश नं २ मा दुई हजार ५८८, बागमती प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ९४६, प्रदेश नं ५ मा तीन हजार ४९२, कर्णाली प्रदेशमा एक हजार ४९२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६५९ रहेका छन् । 
 
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ का ७३ वर्षीय वृद्ध रहेका छन् ।
 
मुटु, उच्च रक्तचाप र मधुमेह रोगको समस्या भएका निजको बुधबार स्वास्थ्यमा समस्या आएपछि बीपी प्रतिष्ठान धरानमा उपचार गराइएकोमा कोरोनासँग सम्बन्धित लक्षण देखिएपछि स्वाब परीक्षण रिपोर्टमा पोजेटिभ देखिएपछि आइसोलेसन सारेर उपचारकै क्रममा मृत्यु भएको हो । यससँगै प्रदेश नं १ मा कोरोनाबाट मृत्यु हुने पहिलो केस भएको छ । 
 
प्रवक्ता गौतमका अनुसार हालसम्म ३ लाख ८ हजार ४९८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । 
 
उनका अनुसार हाल १२ हजार ७५६ जना क्वारेन्टाइनमा र ५८७१ जना आइसोलेसनमा रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाभित्र ३५० कोरोना संक्रमित देखिएका मन्त्रालयले जनाएको छ ।