मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग


काठमाडौँ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । 
 
नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले बुधबार प्रेस विज्ञप्ति जारी गरी सरकारले मंगलबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् । 
 
“कोरोना महामारीका बीच देशको आर्थिक अवस्था नाजुक बन्दै गएको वर्तमान अवस्थामा जनताको दुखीरहेको घाउमा मलहम लगाउनुको सट्टा नूनचुक छर्कने काम भएको छ,” अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 
कोरोना महामारीको समयमा आकासिएको मूल्य वृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउनुको साटो मूल्य वृद्धिको नाममा रकम असुल्ने काम भएको भन्दै नेविसंघले घोर भत्र्सना गरेको छ । 
 
नेविसंघका महामन्त्री दीपक भट्टराईले सरकारले जनताप्रति निर्वाह गर्ने दायित्व भुलेको भन्दै यसको विरुद्धमा जनता सडकमा आउनुपर्ने स्थिति सिर्जना हुँदै गएको बताए ।
 
सरकारले जनतालाई पीडा दिने दिशातर्फ उन्मुख भए नेविसंघले कडा आन्दोलन गर्ने उनको भनाइ छ ।