मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

कार्यालय प्रमुखसहित चार जना घूससहित पक्राउ

कार्यालय प्रमुखसहित चार जना घूससहित पक्राउ


सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुखसहित चार जना कर्मचारीलाई घूससहित नियन्त्रणमा लिएको छ । 
 
अख्तियार टोलीले मङ्गलबार राति निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लसहित चार जनालाई घूस रकमसहित नियन्त्रणमा लिएको हो । 
 
दैलेखको भगवतीमाई गाउँपालिका­ ३ सानतडा खोला तटबन्ध निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीमा सहजीकरण गरेबापत मल्ल र सब–इन्जिनियर वीरेन्द्र चन्दले सेवाग्राहीसँग रु दुई लाख ४१ हजार १६ घूस मागेको अख्तियारले जनाएको छ । 
 
अख्तियारले मल्लका साथै सब–इन्जिनियर रञ्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेसमेतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 
 
अख्तियार टोलीले इन्जिनियर मल्ललाई कार्यालय परिसरबाट र सब—इन्जिनियर चन्दलाई कार्यस्थलबाटै नियन्त्रणमा लिएको हो । हिजो राति सदरमुकामस्थित मल्लको क्वाटरमा खानतलासी गर्दा सो रकम फेला परेको हो । 
 
अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले पक्राउ परेका चारै जनाको पिसिआर परीक्षण गरेर काठमाडौँ पठाउने जानकारी दिए । रासस
 

शेयर गर्नुहोस:

0
Shares