मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा एकैदिन ५३८ सहित संक्रमितको संख्या दस हजार नाघ्यो, २४ जनाको मृत्यु

नेपालमा एकैदिन ५३८ सहित संक्रमितको संख्या दस हजार नाघ्यो, २४ जनाको मृत्यु


काठमाडौँ । नेपालमा मंगलबार एकैदिन ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ५३८ जनामा संक्रमण देखिएको हो ।
 
पछिल्लो २४ घन्टामा देशभरिका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या १० हजार ९९ पुगेको छ ।
 
नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । 
 
नेपालमा बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना, आइतबार ४२१ र सोमबार ५३५ जनामा कोरोना संक्रमित पुष्टि भएको थियो ।
 
नेपालमा हालसम्म २४ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा जसमा ८ महिला र ६८ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २२२४ पुगेको छ । जसमा १८९ महिला र २०३५ पुरुष रहेका छन् ।
 
देशका रसुवाबाहेकको ७६ जिल्लामा कोरोना भाइरसको सक्रमण फैलिएको छ । प्रवक्ता डा गौतमका अनुसार देशभर हालसम्म एक लाख ८६ हजार ३६६ जनाको पिसीआर विधिबाट परीक्षण गरिएको छ भने दुई लाख ७१ हजार ५८४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा ४ हजार ९९५ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 
 
हाल देशभरका विभिन्‍न क्‍वारेन्टाइनमा ८५ हजार ८१३ व्यक्तिहरु रहेका छन् भने आइसोलसनमा ७ हजार ८५१ कोरोना संक्रमितहरु उपचाररत छन् । 

शेयर गर्नुहोस:

0
Shares