मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

एकैदिन ३८० सहित संक्रमितको संख्या ६५९१ पुग्यो, ११५८ जना डिस्चार्ज

एकैदिन ३८० सहित संक्रमितको संख्या ६५९१ पुग्यो, ११५८ जना डिस्चार्ज


काठमाडौँ । नेपालमा मंगलबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ३८० जनामा संक्रमण पुष्टि भएको हो ।
 
जसमा २८ महिला र ३५२ पुरुष रहेका छन् । शुक्रबार अत्यधिक ४४८ जनामा संक्रमण देखिएको थियो । यस्तै, आइतबार ४२५ र सोमबार ४५१ जना संक्रमित थपिएका थिए । 
 
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार थपिएकासँगै संक्रमितको संख्या ६५९१ पुगेको छ । नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । कुल संक्रमितमध्ये ४९९ महिला र ६ हजार ९२ पुरुष रहेका छन् । 
 
आइतबार थप एक जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृत्यु हुनेमा गुल्मी धुर्कोक गाउँपालिका–४ का ३६ वर्षीय पुरुष रहेका थिए ।  
 
उनका अनुसार हालसम्म कोरोना संक्रमण ७३ जिल्लामा फैलिएको छ । यसैगरी मंगलबार ११७ जना डिस्चार्ज भएका छन् । हालसम्म ११५८ जना बिरामी निको भइरहेका छन् । जसमा ११२ महिला र १०४६ पुरुष रहेका छन् । 
 
मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा हालसम्म १ लाख ४३ हजार ७३८ जनाको पिसिआर विधिबाट र २ लाख २३ हजार ५१९ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । 
 
यसैबीच, सोमबारदेखि पोखरामा कोभिड–१९ को पिसिआर मेसिन जडान गरी थप एक प्रयोगशाला स्थापना गरी परीक्षण थालिएको छ । योसँगै पोखरामा दुई पिसिआर विधिबाट प्रयोगशाला स्थापना गरिएको छ भने देशभर २२ प्रयोगशालाबाट पिसिआर परीक्षण गरिने उनले जानकारी दिए ।  
 
मंगलबारसम्म देशभरका क्वारेन्टाइनमा एक लाख ३३ हजार ९ जना रहेका छन् भने ५५३१ जना आइसोलेसनमा उपचाररत छन् ।
 
यसैबीच, मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थासँग कोभिड–१९ का बिरामीको उपचारमा समन्वय र सहजीकरण गर्न मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधवप्रसाद लम्सालको संयोजकत्वमा एक चिकित्सक टोली गठन गरेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares