मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चीनमा ग्यास ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु, १८९ घाइते

चीनमा ग्यास ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु, १८९ घाइते


बेइजिङ । चीनको एउटा राजमार्गमा ग्यास बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ । देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा परी अरु १८९ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । 
 
एउट भवनमा ट्याङ्कर ट्रक ठोकिएपछि शनिबार विस्फोटनको घटना भएको समाचारमा जनाइएको छ ।  
 
स्थानीय समयअनुसार बेलुका ४ः४५ बजे घटना भएको र विस्फोटनपछि आगलागी भएको दृश्यहरु सार्वजनिक भएका छन् । विस्फोट भएको ट्याङ्कर ट्रकमा ग्यास ल्याइएको थियो ।
 
चिनियाँ समाचार संस्था सिन्ह्वाले दिएको जानकारीअनुसार छेझिङ प्रान्तअन्तर्गत पर्ने संघाईको शेन्याङ-हाइकोउ राजमार्ग दुर्घटना भएको हो ।
 
दुर्घटनामा परी घाइते भएकाहरु सबैलाई उपचारका लागि छ ओटा अस्पतालमा भर्ना गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । एपी