मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा एकैदिन १२ हजार संक्रमित, नौ हजार बढीको मृत्यु

भारतमा एकैदिन १२ हजार संक्रमित, नौ हजार बढीको मृत्यु


नयाँदिल्ली । भारतमा कोरोना भाइरसको महामारीबाट सङ्क्रमितहरुको संख्या हरेक दिन बढ्दै गइरहेको छ । दैनिक सङ्क्रमितको संख्या अघिल्लो दिनभन्दा पछिल्लो दिन बढी देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 
 
पछिल्लो २४ घन्टाको अवधिमा भारतमा १२ हजार २३ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 
 
यो तथ्यांक पनि दैनिक सङ्क्रमितहरुको संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीहरुको भनाइ छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या तीन लाख २४ हजार ४८२ पुगेको छ । 
 
त्यसैगरी पछिल्लो २४ घन्टामा ३११ जनाको कोरोना भाइरसबाट सङ्क्रमित भएकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या नौ हजार २४७ पुगेको छ । 
 
देशभरी कुल सङ्क्रमितमध्ये एक लाख ५० हजार ४३२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु एक लाख ६४ हजार ८०३ जना सङ्क्रमण मुक्त भएका छन् । 
 
सबैभन्दा धेरै सङ्क्रमित रहेको महाराष्ट्र प्रदेशमा मात्रै एक लाख चार हजार ५६८ जना सङ्क्रमित भएका छन् । 
 
त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा ४२ हजार ६८७ जना र तेस्रो धेरै सङ्क्रमित रहेको दिल्ली प्रदेशमा ३८ हजार ९५८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । एएनआई