मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान संशोधनका विषयमा राष्ट्रियता झल्कियो : सभापति देउवा

संविधान संशोधनका विषयमा राष्ट्रियता झल्कियो : सभापति देउवा


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा राष्ट्रियता झल्किएको बताएका छन् । 
 
प्रतिनिधिसभाको शनिबारको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको छलफलमा पार्टी संसदीय दलका नेता देउवाले संविधान संशोधनमा सबै दलको समर्थनमा संशोधन प्रस्ताव पारित हुनुले नेपालीबीचको राष्ट्रिय एकता झल्किएको बताए ।  
 
“ जुनसुकै पार्टी होऊन् राष्ट्रियताका पक्षमा एकताबद्ध छन्, राष्ट्रको सार्वभौमिकताका लागि, राष्ट्रको अखण्डताको लागि नेपाली एक छन् भन्ने कुरा प्रष्ट भएको छ”, पूर्वप्रधानमन्त्री देउवाले भने ।
 
उनले विधेयक पारित गर्न आफ्नो पार्टीले पूर्ण समर्थन गरी संशोधनका पक्षमा मतदान गरेको बताए । आगामी दिनमा जमिन फिर्ता ल्याउने विषयमा पनि आफ्नो पार्टीको समर्थन रहने उनको भनाइ थियो । 
 
सभापति देउवाले सुगौली सन्धि १८१६ अनुसार कालीनदी पूर्वको जमिन नेपालको हो भन्ने कुरा स्पष्ट रहेको तथा अंग्रेज र चीनले छापेको नक्सामा पनि काली नदीपूर्वको जमिन नेपालको भएको स्पष्ट रहेको बताए ।