मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

पाकिस्तानमा कोरोना संक्रमण बढ्दो, हालसम्मकै धेरै संक्रमित

पाकिस्तानमा कोरोना संक्रमण बढ्दो, हालसम्मकै धेरै संक्रमित


इस्लामावाद । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण पाकिस्तानमा अत्यधिक गति बढ्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमितहरु भेटिएको अधिकारीहरुले जनाएका छन् । 
 
उनीहरुका अनुसार पछिल्लो २४ घन्टामा पाकिस्तानमा छ हजार ३९७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको हो । 
 
स्वास्थ्य मन्त्रालयले योसँगै पाकिस्तानमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजार ९३३ पुगेको पनि शुक्रबार जानकारी दिएको छ । 
 
त्यसैगरी कोरोनाभाइरसका कारण देशभरी अहिलेसम्म दुई हजार ४६३ जनाको मृत्यु भएको छ । तीमध्ये १०७ जनाको मृत्यु पछिल्लो २४ घन्टामा भएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ । 
 
पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म ४० हजार २४७ जना निको भएको पनि मन्त्रालयको तथ्याङ्क छ । हाल ८३ हजार २२३ संक्रमितको उपचार जारी छ । 
 
पञ्जाब प्रान्तमा सबैभन्दा धेरै सङ्क्रमित रहेको पाइएको छ । पञ्जाबमा अहिलेसम्म ४७ हजार ३८२ जना सङ्क्रमित भएका छन् भने दोस्रो धेरै सङ्क्रमितहरु रहेको सिन्ध प्रान्तमा ४६ हजार ८२८ जना सङ्क्रमित भएका छन् ।  
 
त्यसैगरी खैबर पाख्तुङख्वामा १५ हजार ७८७ जना, बालुचिस्तानमा सात हजार ६७३ जना, इश्लामावादमा छ हजार ६९९ जना, गिल्गिट बाल्टिस्तानमा एक हजार ३० जना र पाकिस्तान नियन्त्रित काश्मिरमा ५३४ जना सङ्क्रमित रहेको अधिकारीहरुले जनाएका छन् ।
 
देशभरी कूल आठ लाख नौ हजार १६९ जनाको कोरोना परीक्षण गरिएको र तीमध्ये पछिल्लो २४ घन्टामा २८ हजार ३४४ जनाको परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । पिटिआई 

शेयर गर्नुहोस:

0
Shares