मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा कोरोना भाइरस समुदायमा नफैलिएको दाबी

भारतमा कोरोना भाइरस समुदायमा नफैलिएको दाबी


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको यहाँको एक अनुसन्धानबाट पत्ता लागेको समाचारमा जनाइएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा भारतको एक संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च काउन्सिलले सो कुरा दाबी गरेको हो ।
 
उक्त संस्थाका डिजी बलराम भर्गवले भारतमा समुदायस्तरमा कोरोनाको भाइरस फैलिएको नपाएको शुक्रबार दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भारतमा निकै कम रफ्तारमा मात्र कोरोना भाइरस फैलिएको पाइएको पनि एक अनुसन्धानबाट देखिएको जानकारी गराएको बताइएको छ । 
 
उनले भारतका ग्रामीण तहमा साना जिल्लाहरुमा कोरोनाको संक्रमण दर एक प्रतिशतमात्र रहेको र सहरमा यसको संक्रमण दर एक प्रतिशतभन्दा केही मात्र बढी देखिएको बताए । तर, भारतको जनसंख्या धेरै रहेकोले यदि समुदायमा फैलिएमा यसबाट ठूलो क्षति हुने पनि उनले बताए । यसै कारणले पनि भारत सरकारले कोरोना भाइरसको परीक्षणको दायरालाई अझ व्यापक बनाउनुपर्ने जानकारी दिए । 
 
उनले अहिले भारतमा हरेक दिन एक लाख ५० हजार जनाको परीक्षण गर्ने गरिएको बताए । तर, भारतसँग दिनमा कम्तीमा पनि दुई लाख जनाको परीक्षण गर्न सकिने क्षमता रहेकोले परीक्षणको संख्यालाई पनि दिन प्रतिदिन बढाउँदै लैजानुपर्ने सुझाव दिए । एएनआई

शेयर गर्नुहोस:

0
Shares