मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतका एक मन्त्रीलाई नै कोरोना संक्रमण

भारतका एक मन्त्रीलाई नै कोरोना संक्रमण


मुम्बई । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढिरहेको भारतमा एक प्रदेश मन्त्रीलाई पनि कोभिड–१९ सङ्क्रमण देखिएको छ । 
 
भारतको मुम्बई प्रदेशका एक जना मन्त्री कोरोना भाइरसबाट सङ्क्रमित भएको स्रोतले शुक्रबार जानकारी दिएको छ । सङ्क्रमित भएका मन्त्री एनसीपीका नेता भएको पनि स्रोतले उल्लेख गरेको छ । 
 
ती मन्त्रीलाई भारतको मराथवाडा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका एनसिपीका नेता महाराष्ट्र प्रदेशमा सङ्क्रमित हुने तेस्रो मन्त्री हुन् । 
 
यसअघि सङ्क्रमित भएका मन्त्रीहरुमा काँग्रेसबाट मन्त्री भएका अशोक चावन र एनसिपिबाट मन्त्री भएका जितेन्द्र अवहाद रहेका थिए । उनीहरुलाई अहिले निको भइसकेको छ ।
 
बिहीबार राति अबेर उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो । उनलाई अहिले मुम्बईस्थित क्वारेन्टाइनमै राखिएको स्रोतले बताएको छ ।
 
मन्त्रीसँगै उनको निजी सचिवालयमा संलग्न केही व्यक्तिहरुलाई पनि कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । उनीहरुलाई आइसोलेसनमा राखिएको पनि स्रोतको भनाइ छ । पिटिआई
 

शेयर गर्नुहोस:

0
Shares