मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

विश्वभर ४ लाख १९ हजारको मृत्यु, ७४ लाख ९३ हजार संक्रमित

विश्वभर ४ लाख १९ हजारको मृत्यु, ७४ लाख ९३ हजार संक्रमित


जेनेभा । कोरोना भाइरस .कोभिड(१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ७९५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७४ लाख ९३ हजार ४३६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले आफ्नो दैनिक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 
 
नेपाली समयानुसार बिहीबार बेलुकीसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३८ लाख ५ हजार ८३ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ६८ हजार ५५८ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ९५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ६७ हजार ३५५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १५ हजार १६३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा १२ लाख ६८ हजार २५५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ५४ हजार ६६० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ६२ हजार ३१३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४० हजार ४२६ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २१ लाख ५४ हजार १०१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८१ हजार ३५९ को मृत्यु भएको छ । एसियामा १४ लाख ८६ हजार १६८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३७ हजार ४७७ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा २ लाख १२ हजार २८२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ७३४ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८९६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । एएफपीको सहयोगमा

शेयर गर्नुहोस:

0
Shares