मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

थप २५० सहित कोरोना संक्रमितको संख्या ४६१४ पुग्यो

थप २५० सहित कोरोना संक्रमितको संख्या ४६१४ पुग्यो


काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण आज थप २५० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २३० पुरुष र २० महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । 
 
थप सङ्क्रमितसँगै अब नयाँ सङ्क्रमतिको सङ्ख्या चार हजार ६१४ पुगेको छ । जसमा पुरुषको सङ्ख्या चार हजार २८५ छ भने महिलाको सङ्ख्या ३२९ छ ।  सङ्क्रमितको प्रादेशिक विवरणअनुसार प्रदेश नं १ मा १३ जिल्लाका ३०७, प्रदेश नं २ मा आठ जिल्लाका एक हजार ६७१, बाग्मती प्रदेशका १२ जिल्लाका १४७ र गण्डकी प्रदेशका नौ जिल्लाका १४७ जनामा कोरोना देखिएको छ । 
 
त्यस्तै प्रदेश नं ५ का १२ जिल्लाका एक हजार ३९९, कर्णाली प्रदेशका नौ जिल्लाका ७५९ र सुदूरपश्चिम प्रदेशका नौ जिल्ला गरी १९२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
 
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार गत २४ घन्टामा १८७ जना डिस्चार्ज भएका छन । जसमध्ये आठ महिला र १७९ पुरुष रहेका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ । त्यस्तै मृत्यु हुनेको सङ्ख्या १५ जना पुगेको छ । 
 
यसैबीच, कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि प्रदेश नं २ मा स्वाब सङ्कलनलाई तीव्र बनाइएको छ । बुधबार एकैदिनमा प्रदेशका छ जिल्लाका एक हजार ४२० को पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले पुष्टि गरेको हो । एकैदिनमा यति धेरै स्वाब सङ्कलन गरिएको अहिलेसम्मकै सर्वाधिक हो ।
 
प्रदेशका आठ जिल्लामध्ये छ जिल्लामा बुधबार स्वाब सङ्कलन गरिएको छ । जसमध्ये पर्सामा ५६१, महोत्तरीमा ३४३, सर्लाही १८७, रौतहट १५२, बारा ११७ र धनुषाका ६० जनाको स्वाब सङ्कलन गरिएको निर्देशनालयका निमित्त निर्देशकसमेत रहनुभएका वरष्ठि स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । प्रदेशमा अहिले स्वाब सङ्कलनको कूल सङ्ख्या २९ हजार ९५१ पुगेको छ ।
 
प्रदेश नं २ का आठ जिल्लामा गरी अहिले पिसीआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक हजार ५७३ पुगेको छ । जसमा सबैभन्दा बढी रौतहट जिल्लामा ४७६ छन् । त्यसैगरि सर्लाहीमा ४१४, महोत्तरी १६७, धनुषा १४४, पर्सा ११९, सप्तरी १११, बारा ७७ र सिरहाका ६२ छन् । 
 
स्वाब परीक्षण गरिएकामध्ये  बुधबार साँझसम्म १५ हजार ३८९ को रिपोर्ट आएको छ । जसमा एक हजार ५७३ सङ्क्रमित पाइएका हुन् । अझै १४ हजार ५६२ जनाको परिणाम आउन बाँकी नै रहेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए । 
 
प्रदेशका आठै जिल्लामा अहिलेसम्म ४२६ क्वारेन्टिन बनाइएका छन् । अहिले यी केन्द्रमा ३१ हजार ५४८ श्यया छन्, जसमा १९ हजार ७६९ रहेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा घरमै क्वारेन्टिनमा बस्नेको सङ्ख्या सात हजार ८७२ छ । प्रदेशमा आइसोलेसन शैय्या बढाएर एक हजार ३६१ पु¥याइएको छ । अहिले आइसोलेसनमा ७४९ जना छन् । प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कनको सङ्ख्या २९९ पुगेको छ । जसमध्ये ३६ जना हिजो बुधबार निको भएर घर फर्केका हुन् ।
 
प्रदेशमा हालसम्म १२ हजार ३६७ जनाको आरडिटी गरिएको छ । जसमा ५५३ जनाको नतिजा पोजेटिभ र ११ हजार ८१४ को नतिजा नेगेटिभ आएको छ । यद्यपि पछिल्ला दिनमा क्वारेन्टिनमा रहेकाहरुको पिसीआर जाँचमै जोड बढाइएको निर्देशनालयले जनाएको छ । क्वारेन्टिन केन्द्र र शैय्या थपिँदै गए पनि पिसीआर परीक्षण अझै सघन हुनसकेको छैन । 
 
यो परीक्षणका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टिन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ । यद्यपि प्रदेशमा कोभिड–१९ रोकथाम अभियानको समन्वय गर्दै आएको सामाजिक विकास मन्त्रालय र प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले उपलब्ध सामग्री र दक्ष जनशक्ति स्वाब सङ्कलनमा लगाइँदै आइएको जनाएको छ । रासस

शेयर गर्नुहोस:

0
Shares