मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर चार लाख १० हजारको मृत्यु, ७२ लाख ४८ हजार संक्रमित

विश्वभर चार लाख १० हजारको मृत्यु, ७२ लाख ४८ हजार संक्रमित


जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १० हजार २४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७२ लाख ४७ हजार ८२२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जारी गरेको प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 
 
नेपाली समयानुसार मंगलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३५ लाख ६६ हजार २१५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ७१ हजार ५८३ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ३० हजार ३०२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख १३ हजार २६७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा ११ लाख ८१ हजार ३५० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५१ हजार ४०८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ११ हजार ५३० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३६ हजार ९९६ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २१ लाख २३ हजार ३७३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७९ हजार ९६४ को मृत्यु भएको छ । एसियामा १४ लाख २१ हजार ७०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३६ हजार ९९ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा २ लाख २६२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ४१८ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । एएफपी