मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

दक्षिणपश्चिम चीनमा व्यापक बाढी र डुबानमा परी आठको मृत्यु

दक्षिणपश्चिम चीनमा व्यापक बाढी र डुबानमा परी आठको मृत्यु


गुइयाङ । चीनको दक्षिणपश्चिम प्रान्त क्विझाओमा केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र डुवानका कारण कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय विपत व्यवस्थापन विभागले जनाएको छ ।
 
वर्षाका कारण दुई लाख १५ हजारभन्दा बढी व्यक्ति प्रभावित बनेका स्थानीय प्रशासनले बताएको छ ।
 
मे ३१ गतेदेखि निरन्तर परेको वर्षाका कारण कम्तीमा आठ सहर प्रभावित बनेका छन् भने हजारौँ नागरिकलाई सुरक्षितस्थलमा सारिएको छ ।
 
मङ्गलबार बिहानसम्म् बाढीका कारण कम्तीमा १० हजार ७०० हेक्टर जमिनको वाली रे दुई हजार ८६६ घरहरूमा क्षति पुगेको विभागले बताएको छ ।
 
क्विझाओ प्रान्तले बाढी तथा डुवानबाट बढी प्रभावित क्षेत्रमा ६८ लाख युआनसहित विपत व्यवस्थापनका लागि आवश्यक सामानहरू तत्काल राहतका रूपमा पठाएको जनाइएको छ । सिन्ह्वा
 

शेयर गर्नुहोस:

0
Shares