मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोभिड–१९ बाट विश्वभर चार लाख सात हजार व्यक्तिको मृत्यु

कोभिड–१९ बाट विश्वभर चार लाख सात हजार व्यक्तिको मृत्यु


काठमाडौँ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण सोमबारसम्ममा विश्वभर चार लाख ७ हजार व्यक्तिको मृत्यु भएको छ भने ७१ लाख ३२ हजार ७३२ जना संक्रमित भएका छन् । 
 
जोन अकिन्स विश्वविद्यालयद्वारा उपलब्ध गराएको पछिल्लो विवरणअनुसार विश्वभर चार लाख ७ हजार बढी कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।
 
संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी एक लाख १२ हजार ५४९ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने २० लाख १० हजार ४१२ सङ्क्रमित रहेका छन् ।
 
सङ्क्रमणका हिसाबले दोस्रो धेरै सङ्क्रमित ब्राजिलमा छ लाख ९१ हजार ९६२ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलमा सोमबारसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या कुल ३७ हजार ३१२ पुगेको बताइएको छ ।
 
त्यसैगरी रूसमा चार लाख ७६ हजार ६५८ र बेलायतमा दुई लाख ८७ हजार ३९९ व्यक्ति सङ्क्रमित भएका छन् । बेलायतमा कोभिड–१९ सङ्क्रमितमध्ये ४० हजार ५९७ व्यक्तिको मृत्यु भएको छ ।
 
अहिलेसम्म कोभिड–१९ सङ्क्रमित दोस्रो धेरै व्यक्तिको मृत्यु हुने मुलुक बेलायत भएको छ ।  रूसमा सङ्क्रमितको सङ्ख्या धेरै देखिए पनि मृत्यु दर अन्य ठूला देशको तुलनामा निकै कम देखिएको छ अर्थात् पाँच हजार ९७१ व्यक्तिको मृत्यु भएको छ । 
 
यसैबीच, कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्याका आधारमा भारत बढी प्रभावित मुलुकहरू इटालीभन्दा अघि आएको छ । भारतमा सोमबारसम्म दुई लाख ६० हजार ९३ व्यक्ति सङ्क्रमित भेटिएका छन् भने ७ हजार २६३ हजार व्यक्तिको मृत्यु भएको छ ।
 
भारत कोरोनाभाइरस प्रभावित मुलुकहरूको सूचीमा छैठौँ स्थानमा पुगेको छ । एएनआईको सहयोगमा 

शेयर गर्नुहोस:

0
Shares