मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

दिल्लीका मुख्यमन्त्री केजरीवाल अस्वस्थ, कोरोनाको आशंकामा परीक्षण गरिँदै

दिल्लीका मुख्यमन्त्री केजरीवाल अस्वस्थ, कोरोनाको आशंकामा परीक्षण गरिँदै


नयाँ दिल्ली । भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ भएका छन् । उनलाई कोरोना भाइरसको लक्षण देखिएको छ । 
 
ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरु देखिएकाले उनलाई कोरोनाको आशंका गरिएको हो । कोरोनाभाइरसको सङ्क्रमण हुँदा देखिने लक्षणसँग मिल्दोजुल्दो लक्षणहरु देखिएपछि उनी सोमबारदेखि आफ्नै निवासमा छुट्टै बस्न थालेका छन् । 
 
उनको मंगलबार कोरोना परीक्षण गरिने तयारी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । आइतबार दिउँसोदेखि उनले आफ्ना सबै बैठक तथा भेटघाटहरुलाई स्थगित गरेका थिए । 
 
आम आद्मी पार्टीका नेतासमेत रहेका ५१ वर्षीय केजरीवाललाई कोरोनाभाइरसका बिरामीलाई देखिनेजस्तै लक्षण देखिएको र मंगलबार परीक्षण गर्ने तयारी भएको पार्टीका अर्का नेता तथा राज्य सभा सदस्य सन्जय सिंहले जानकारी दिए । 
 
“दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाललाई आइतबार दिउँसोदेखि ज्वरो र घाटी दुख्नेलगायतका लक्षणहरु देखिएको छ, चिकित्सकहरुले कसैसँग सम्सर्गमा नरहने गरी अलग्गै बस्न सुझाव दिएका छन्,” सिंहले भनेका छन् । 
 
मुख्यमन्त्री केजरीवाललाई चाँडै निको होस् भनेर आफूले कामना गरेको र कोरोनाभाइरस नलागेको विश्वास व्यक्त गरे । 
 
उनी छुट्टै बस्न थालेर भेटघाट तथा बैठकहरु स्थगित गरे पनि दिल्ली सरकारको काम कारबाहीमा कुनै असर नपर्नेसमेत सिंहले दाबी गरेका छन् । 
 
भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा अहिलेसम्म २८ हजार ९३६ जना सङ्क्रमित भएका छन् भने कोरोनाका कारण दिल्लीमा मात्रै ८१२ जनाको मृत्यु तथ्याङ्क राज्य सरकारको छ । एएनआई