मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्यूयोर्कमा निषेधाज्ञा हट्यो, जनजीवन सहज बन्दै

न्यूयोर्कमा निषेधाज्ञा हट्यो, जनजीवन सहज बन्दै


न्यूयोर्क । न्यूयोर्कका मेयर बिल डी ब्लासियोले न्यूयार्क सहरमा एक सातादेखि लगाइएको निषेधाज्ञा हटाएको घोषणा गरेका छन् । 
 
मिनियापोलिस राज्यमा प्रहरी नियन्त्रणमा एक अश्वेत व्यक्ति जर्ज फ्लोएडको मृत्यु भएपछि भड्किएको हिंसा र प्रदर्शनका कारण न्यूयोर्क सहरमा एक सातासम्म निषेधाज्ञा लगाइएको थियो ।
 
अराजक र उग्र भीडले न्यूयोर्कमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो । 
 
मेयर ब्लासियोले ट्वीटरमार्फत निषेधाज्ञा हटाइएको घोषणा गरेका हुन् । न्यूयोर्क सहरको ७५ वर्षको इतिहासमा पहिलोपटक निषेधाज्ञा जारी गरिएको थियो ।  
 
कोरोनाभाइरस महामारीका कारण झण्डै दुई महिना लकडाउन गरिएको न्यूयोर्क सहरमा आर्थिक गतिविधिलाई पुनर्जीवित तुल्याउन यही सोमबारदेखि पहिलो चरणको खुला गर्ने तयारी गरिएको छ ।
 
अमेरिकाकै सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्कमा २१ हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसका कारण ज्यान गएको थियो । 
 
अधिकारीहरुका अनुसार पहिलो चरणमा निर्माण र उत्पादनका कार्यहरु पुनः खुला हुनेछन् । खुद्रा पसलहरुमा मानिसको भीडभाड नहुने शर्तमा खुला गर्न दिइने छ ।
 
न्यूयोर्कमा परिस्थिति नाजुक भएपछि मेयर ब्लासिओले गत जुन २ देखि निषेधाज्ञा जारी गरेका थिए । तर, धेरै प्रदर्शनकारीले निषेधाज्ञा तोडेका थिए । एपी