मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोनाबाट थप एकको मृत्यु, २७८ जना नयाँ संक्रमित

कोरोनाबाट थप एकको मृत्यु, २७८ जना नयाँ संक्रमित


काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको हो ।
 
उनको यही जेठ २२ गते मृत्यु भएको हो ।  उनी यही जेठ ८ गतेदेखि क्वारेन्टाइनमा बसेर जेठ २२ गते घर गएका थिए ।
 
उनीसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । यस्तै आज कोभिड–१९ को सङ्क्रमण आज एकैदिन २७८ मा देखिएको छ । 
 
मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २६७ पुरुष र ११ महिलामा सङ्क्रमण देखिएको बताए । योसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ९१२ पुगेको छ ।
 
आज थप तीन जिल्लामा सङ्क्रमित देखिएसँग ६८ जिल्ला पुगेका छन् । उनका अनुसार डिस्चार्ज हुनेको सङ्ख्या ३३३ पुगेको छ ।