मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा एकैदिन झण्डै नौ हजार संक्रमित, ५ हजार ८४५ को मृत्यु

भारतमा एकैदिन झण्डै नौ हजार संक्रमित, ५ हजार ८४५ को मृत्यु


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । 
 
बुधबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घन्टामा सङ्क्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घन्टाको अवधिमा आठ हजार ९०९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
 
योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या दुई लाख ९ हजार ६११ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर भारतमा अहिलेसम्म ५ हजार ८४५ जनाको मृत्यु भइसकेको छ । 
 
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार देशभरी अहिले पनि एक लाख २ हजार ५११ जना सङ्क्रमित अवस्था मै रहेका छन् ।  त्यसैगरी एक लाख १ हजार २५५ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेको स्वास्थ्य अधिकारीहरुले बुधबार बताएका छन् । 
 
मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा धेरै सङ्क्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । महाराष्ट्रमा मात्रै ७२ हजार ३०० जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा २४ हजार ५८६ जना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । 
 
भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउँदै लगिएको र परीक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् । एएनआई