मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसका कारण २४ घन्टामा विश्वभर ४ हजार ६६९ जनाको मृत्यु

कोरोना भाइरसका कारण २४ घन्टामा विश्वभर ४ हजार ६६९ जनाको मृत्यु


काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणका कारण पछिल्लो २४ घन्टामा विश्वभर ४ हजार ६६९ संक्रमितको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलका छन् । ब्राजिलमा १ हजार २३२ जनाको मृत्यु भएको छ भने अमेरिकामा १ हजार १३४ जनाले ज्यान गुमाएका छन् । यस्तै, बेलायतमा ३२४ जनाको ज्यान गएको छ । 
 
यसैगरी, भारतमा पछिल्लो २४ घन्टामा २२१, रुसमा १८२, मेक्सिकोमा २३७, पेरुमा १३७, फ्रान्समा १०७, पाकिस्तानमा ७८, क्यानडामा ६९, स्वीडेनमा ६५, इरानमा ६४, जर्मनीमा ५६, इटालीमा ५५ जनाको मृत्यु भएको छ । 
 
विश्वभर कोरोना भाइरसका कारण बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या ३ लाख ८२ हजार ४७९ पुगेको छ ।
 
जसमध्ये अमेरिकामा १ लाख ८ हजार ५९, बेलायतमा ३९ हजार ३६९, इटालीमा ३३ हजार ५३०, ब्राजिलमा ३१ हजार ३०९, फ्रान्समा २८ हजार ९४०, स्पेनमा २७ हजार १२७ र मेक्सिकोमा १० हजार ६३७ जनाको मृत्यु भएको छ । एजेन्सीको सहयोगमा